बुटवलले ल्यायो ३ अर्ब ९९ करोड २२ लाख बजेट
gorkhapatraonline.com · Wed Jun 24 12:48:13 GMT 2026

रूपन्देहीको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपियाँको आय अनुमान सहितको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले असार १० गते बुधबार नगर सभामा उक्त बजेट प्रस्तुत गर्नुभएको हो।
समानता, स्वाभिमान र अवसर(बस्नयोग्य बुटवल शहरू भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको यस बजेटमा कुल खर्चमध्ये चालुतर्फ ५२ प्रतिशत र पूँजीगततर्फ ४८ प्रतिशत रहने अनुमान गरिएको छ। प्रस्तावित बजेटको व्यय अनुमान अनुसार सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)