शरदचन्द्र शाहा मेमोरियल फाउन्डेसनद्वारा ‘एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२६’ भव्य रूपमा सम्पन्न
baahrakhari.com · Wed Jun 24 12:46:41 GMT 2026

काठमाडौं । नेपाली खेलकुद क्षेत्रमा विशिष्ट योगदान पुर्याउने खेल व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले शरदचन्द्र शाहा मेमोरियल फाउन्डेसनले ‘एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२६’ भव्य रूपमा सम्पन्न गरेको छ । कमलादीस्थित होटल रोयल सिंगीमा आयोजित विशेष समारोहमा नेपाली खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका वरिष्ठ तथा उदीयमान खेलाडीहरूलाई सम्मान प्रदान गरिएको हो ।
यस वर्षको ‘एससीएसएमएफ स्पोर्ट्स अवार्ड २०२६’ नेपाली बक्सिङका वरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्केलाई प्रदान गरिएको छ । मास्केले सन् १९८० मा मस्को ओलम्पिक तथा सन् १९८४ मा लस एन्जलस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै ऐतिहासिक उपस्थिति जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
टी-२० विश्वकप