मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बुटवलमा नक्कली औषधि बिक्री गरेको आशंका, परीक्षणका लागि विभागमा पठाइयो

lokaantar.com

बुटवलको अस्पताल लाइनस्थित सैनामैना हेल्थ सेन्टरद्वारा सञ्चालित रैनामैना फार्मेसीमा प्रहरीले बुधबार छापा मारेको छ ।

नक्कली औषधि बेचेको सूचनाका आधारमा जनस्वास्थ्य कार्यालय, रूपन्देहीको रोहबरमा प्रहरीले प्रहरीले छापा हानी शङ्कास्पद औषधि जफत गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तवले बरामद गरिएको औषधि परीक्षणका लागि औषधि व्यवस्था विभागमा पठाएको बताए ।

प्रहरीले फार्मेसीबाट ६७ पत्ता स्वासप्रस्वाससम्बन्धी औषधि बरामद गरेको छ । औषधिको शङ्कास्पद मूल्य र व्यापारिक शैलीलाई लिएर आएका विभिन्न गुनासाका आधारमा प्रहरीले उक्त फार्मेसीलाई केही समयदेखि विशेष निगरानीमा राखेको श्रीवास्तवले बताए ।

भारतमा निर्मित उक्त औषधि नक्कली फेला परेपछि औषधि व्यवस्था विभागले सूचना जारी गरेर खरिद बिक्री नगर्नका लागि निर्देशन गरेको थियो ।

बरामद गरिएका कतिपय औषधिको वैध आयात वा आधिकारिक खरिद बिल समेत फेला नपरेपछि ती औषधि कहाँबाट र कसरी बुटवलसम्म आइपुगे भन्नेबारे प्रहरीले गम्भीरतापूर्वक खोजी गरिरहेको जनाएको छ ।

प्रहरीले पक्राउ परेका औषधि व्यवसायीमाथि औषधि ऐन र जनस्वास्थ्य विरुद्धको कसुर अन्तर्गत कानूनी प्रक्रिया अघि बढाउने बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय