नेपालको बलिङ सुधारमा ध्यान लगाउँदै पुबुदु
onlinekhabar.com · Mon Jan 31 16:56:05 GMT 2022
१७ माघ, काठमाडौं । अर्को महिना ओमानमा हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली क्रिकेट टिमले कडा मिहिनेत गरिरहेको छ । प्रशिक्षक पुबुदु दशानायके खेलाडीले गरेको मिहिनेतको सरप्राइज नतिजा आउने दावी गर्छन् ।
सोमबार अनलाइन प्रविधिमार्फत पत्रकारहरुसँग कुरा गर्दै पुबुदुले पछिल्लो दुई/तीन साता बलिङमा केन्द्रित भएर प्रशिक्षण गरेको बताए । ‘पछिल्लो दुई/तीन साता हामीले बलिङमा धेरै फोकस गरेका छौँ । उनीहरु (खेलाडीहरु)ले सुधार गरिरहेका छन्, उनीहरुको सुधारबाट म खुशी छु’ उनी भन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)