सप्तरी कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी, १२५ जनाको क्षमतामा ३६७ जना
gorkhapatraonline.com · Wed Jun 24 12:59:02 GMT 2026

सप्तरीस्थित कारागार कार्यालयमा क्षमताभन्दा झण्डै तीन गुणा बढी कैदीबन्दी राखिँदा समस्या उत्पन्न भएको छ। अत्यधिक सङ्ख्याका कारण कैदीबन्दीहरूलाई राम्ररी सुत्न र बस्न मिल्ने न्यूनतम सुविधा पाउनसमेत सास्ती भोग्नुपरिरहेको छ।
कारागार कार्यालय सप्तरीका अनुसार यस कारागारको क्षमता महिला १० र पुरुष ११५ गरी जम्मा १२५ जना कैदीबन्दी राख्ने मात्र हो। तर, अहिले कारागारमा ३६७ जना कैदीबन्दी राख्नु परेको कारागार कार्यालय सप्तरीका कारागार प्रशासक (प्रमुख) रूपक मण्डलले जानकारी दिनुभयो। हाल कारागारमा ३४२ पुरुष र २५ महिला गरी कुल ३६७ जना कैदीबन्दी रहेका छन्। यो सङ्ख्या कारागारको वास्तविक क्षमताभन्दा २४२ जनाले बढी हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)