उद्योग वाणिज्य महासंघ महानिर्देशकमा तिवारी नियुक्त
onlinekhabar.com · Wed Sep 16 12:08:10 GMT 2026

३१ भदौ, काठमाडौं । नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक नियुक्त गरेको छ ।
महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले सचिवालयमा बुधबार तिवारीलाई १ असोज २०८३ देखि लागु हुने गरी नियुक्तिपत्र प्रदान गरेका हुन् । तिवारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले तिवारीको बहुपक्षीय विश्वसनीयता, प्राज्ञिक दक्षता र निजी क्षेत्रको वकालत सम्बन्धी व्यावहारिक अनुभव एक महत्त्वपूर्ण मोडमा महासंघमा जोडिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)