सिटिजन्स बैंकले ४ प्रतिशत लाभांश दिने
clickmandu.com · Wed Sep 16 12:14:47 GMT 2026

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई कुल ४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको २०८३ भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।
बैंकको २०८३ असार मसान्तसम्म कायम चुक्ता पूँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशतले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ ३४ पैसा बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)