मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर : घट्यो कि बढ्यो ?

ekantipur.com · Tue May 28 23:37:09 UTC 2024

काठमाडौँ — आगामी आर्थिक वर्षमा राजस्वमार्फत १४ खर्ब २२ अर्ब ५४ करोड संकलन गर्ने लक्ष्य लिएको सरकारले विभिन्न वस्तु तथा सेवामा करका दरहरू हेरफेर गरेको छ । मंगलबार संघीय संसद्मा पेस भएको ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) २०८१’ मार्फत सरकारले करका दरहरू हेरफेर गरेको हो ।

आर्थिक विधेयकमार्फत सरकारले निकै चर्चामा रहेको विद्युतीय सवारीसाधन (ईभी) मा भन्सार र अन्तःशुल्क बढाएको छ । जसअनुसार अब ५० किलोवाटसम्मको ईभीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लाग्नेछ । यस वर्ष अन्तःशुल्क लागेको थिएन भने १० प्रतिशत भन्सार दर लाग्दै आएको थियो । यस्तै, ५१ देखि १०० किलोवाटमा थप ५/५ प्रतिशत भन्सार र अन्तःशुल्क बढाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)