बाढी पहिरो प्रभावितको उद्धार र पुनर्स्थापनामा मन्त्रालयहरू क्रियाशील : मन्त्री पोखरेल
ratopati.com · Wed Sep 16 12:17:55 GMT 2026

काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालयहरूले काम गरिरहेको जानकारी दिएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
बाढीका कारण घरविहीन भएका नागरिकहरूलाई हाल होल्डिङ सेन्टरमा राखिएको र उनीहरूका लागि बिस्तारै अस्थायी आवासको व्यवस्थापन भइरहेको उनले स्पष्ट पारे। घर र जग्गा पूर्ण रूपमा क्षति भएका प्रभावितहरूलाई अन्य स्थानमा स्थानान्तरण गर्न भूमि व्यवस्था मन्त्रालयले जग्गाको खोजी कार्य अगाडि बढाइसकेको जानकारी उनले दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)