मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, ९९ पदका लागि प्रतिस्पर्धा (सूचीसहित)

arthadabali.com · Wed Jun 24 13:07:21 GMT 2026

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिका लागि ३८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको निर्वाचन आयोगले ९९ केन्द्रीय सदस्य पदका लागि परेको मनोनयनको प्रारम्भिक नामावली सार्वजनिक गर्दै ३८४ जना प्रतिस्पर्धामा रहेको जनाएको हो।

प्रकाशित प्रारम्भिक सूचीअनुसार उम्मेदवारमध्ये ८० जना महिला रहेका छन्। निर्वाचन कार्यतालिकाअनुसार अब प्रारम्भिक सूचीमाथि दाबी–विरोध तथा उजुरी दर्ता गरिनेछ। उजुरीमाथि छानबिन सम्पन्न भएपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने र त्यसपछि मतदान प्रक्रिया अघि बढाइनेछ।

यसैबीच केन्द्रीय सदस्य (खुलातर्फ)का उम्मेदवार गणेश कार्कीले पार्टीको आन्तरिक निर्वाचनलाई प्राविधिक प्रक्रिया मात्र भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले ३८४ उम्मेदवारमध्ये ९९ जना निर्वाचित हुने र २८५ जना बाहिरिने अवस्था रहने उल्लेख गरेका छन्।

कार्कीले निर्वाचनको परिणामले व्यक्तिगत रूपमा प्रभाव पार्न सक्ने भए पनि पार्टीको समग्र हितमा ठुलो असर नपर्ने बताएका छन्। उनले निर्वाचित भए वा नभए पनि देश र पार्टीप्रतिको जिम्मेवारी सबैले मिलेर वहन गर्नुपर्ने धारणा राख्दै सहकार्य र एकताको भावनासहित अघि बढ्न आग्रह गरेका छन्।

उनले निर्वाचनलाई सहज रूपमा लिन तथा परिणामका आधारमा कसैमा नकारात्मक भावना उत्पन्न नहोस् भन्ने अपेक्षा व्यक्त गर्दै सबै उम्मेदवारलाई शुभकामना दिएका छन्।

सम्बन्धित विषय:

# रास्वपा

# राष्ट्रिय स्वतन्त्र पार्टीबा

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)