गुन्डु पुगे बादल
ratopati.com · Wed Sep 16 12:25:37 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) को पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बादल गुन्डु पुगेका छन् । अध्यक्ष केपी शर्मा ओलीसँग कार्यदलको प्रतिवेदनको भाषाबारे परामर्श गर्न नेता बादल गुन्डु पुगेका हुन् ।
काभ्रेको बल्थलीमा तीन दिन बसेको कार्यदलको दुई प्रतिवेदनलाई एकीकृत गरी भाषा सम्पादनको जिम्मा बादल, विष्णु पौडेल र शङ्कर पोखरेललाई दिएको थियो । भोलि कार्यदलको बैठक बसेर टुङ्ग्याउने निर्णय भएको थियो । तर अझैसम्म कुरा मिल्न नसकेको एमाले नेताहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)