मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्वतका सातै स्थानीय तहद्वारा बजेट सार्वजनिक, समृद्धि र रोजगारीमा जोड

gorkhapatraonline.com · Wed Jun 24 13:18:20 GMT 2026

पर्वत जिल्लाका सातवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आ–आफ्नो बजेट सार्वजनिक गरेका छन्। कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन तथा रोजगारीलाई उच्च प्राथमिकतामा राख्दै स्थानीय तहहरूले बजेट ल्याएका हुन्।

सार्वजनिक गरिएका नीति तथा कार्यक्रम र बजेटले उत्पादन वृद्धि, स्वरोजगार प्रवर्द्धन, सेवा प्रवाहमा सुधार, डिजिटल सुशासन, सामाजिक विकास तथा पूर्वाधार विस्तारलाई साझा प्राथमिकताका रूपमा अघि सारेका छन्। स्थानीय सरकारहरूले आगामी आर्थिक वर्षमा विकास निर्माणका कामलाई तीव्रता दिनुका साथै नागरिकको जीवनस्तर सुधार, आर्थिक समृद्धि र सुशासन प्रवर्द्धनमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)