छायानाथ रारा नगरपालिकाले ल्यायो ६५ करोडभन्दा बढीको बजेट
gorkhapatraonline.com · Wed Jun 24 13:25:59 GMT 2026

। छायानाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६५ करोड रुपियाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित १९ औँ नगरसभाले नगरपालिकाको आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको हो।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ६५ करोड २१ लाख ४२ हजार २१ रुपियाँको बजेट तथा कार्यक्रम पारित गरेको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिनुभयो। उहाँका अनुसार बुधबार नै नगरसभामा प्रस्तुत गरिएको आगामी वर्षको नीति तथा कार्यक्रमसमेत व्यापक छलफलपछि पारित भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)