'अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ'
ratopati.com · Wed Jun 24 13:30:52 GMT 2026

काठमाडाैँ । चीनले संयुक्त राज्य अमेरिका र इरानबिच सम्पन्न समझदारीपत्र (एमओयू)को संरक्षण तथा प्रभावकारी कार्यान्वयनमा दुवै पक्षले प्रतिबद्ध हुनुपर्ने जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिका र इरानले एकअर्काको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने, सैन्य कारबाही नगर्ने तथा आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धतासहित समझदारीपत्रमा हस्ताक्षर गरेको बताएका हुन्।
उनले उक्त समझदारीले अन्तरराष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै त्यसको संरक्षण र कार्यान्वयन दुवै पक्षको साझा जिम्मेवारी भएको बताए।
प्रवक्ता गुओले क्षेत्रीय शान्ति र स्थायित्वको शीघ्र पुनःस्थापनाका लागि चीन आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न तथा रचनात्मक भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)