मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन

himalpress.com · Wed Jun 24 13:33:59 GMT 2026

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका संशोधन गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले बुधबार संशोधित तालिका सार्वजनिक गरेको हो।

तालिकाअनुसार महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली साँझ ५ः०० बजे पार्टीको वेबसाइट, ह्वाट्स्याप ग्रुप र महाधिवेशनस्थलमा सार्वजनिक गरिएको छ।

आयोगका प्रमुख भुवन केसीका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउँसो ३ः३० बजे गरिएको छ। साँझ ५ः०० बजेसम्मका लागि उम्मेदवारविरुद्ध दाबीविरोध गर्ने समय तोकिएको छ। साँझ ५ः३० बजेसम्म दाबीविरोध परेका उम्मेदवारबारे परेको जाँच बुझको समय रहेको छ।

साँझ ६ः०० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय रहेको छ। उम्मेदवारको अन्तिम नामावली बेलुका ६ः३० बजेसम्म राखिएको छ। बेलुका ६ः४५ बजेदेखि मौनअवधि छ भने पहिलो चरणको मतदान बेलुका ८ः३० बजे सुरु गर्ने गरी तालिका संशोधन गरिएको आयोगले जनाएको छ।

पहिलो चरणमा सार्वजनिक गरिएको उम्मेदवारको संख्या ३८४ रहेको छ। जसबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)