शुक्लाफाँटामा चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड
tourismface.com · Sat Jun 06 06:50:05 GMT 2026

कञ्चनपुर । विश्व वातावरण दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित चरा अवलोकन कार्यक्रममार्फत संरक्षणसँगै चरा पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ ।
नेपाल पन्छी संरक्षण सङ्घको व्यवस्थापन, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढी कैलालीको आयोजनामा तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य चराको संरक्षण गर्दै चरा अवलोकन पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको छ । निकुञ्जभित्र पाइने दुर्लभ तथा विभिन्न प्रजातिका चराको अवलोकन गराउँदै संरक्षण र पर्यटनबीचको सम्बन्धबारे सहभागीलाई जानकारी गराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)