तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल
canadanepal.com · Wed Sep 16 12:49:53 GMT 2026

गुल्मी - गुल्मीको एकमात्र रेसुङ्गा विमानस्थलबाट तीन महिनादेखि कुनै पनि हवाई उडान हुन सकेको छैन। गत जेठको तेस्रो सातादेखि उडान अवरुद्ध भएपछि विमानस्थल सुनसान बनेको छ।
प्रतिकूल मौसमका कारण पटक–पटक निर्धारित उडान रद्द हुँदा राजधानी आवतजावत गर्ने यात्रु सडकमार्गमा निर्भर हुन बाध्य भएका छन्। विशेषगरी वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामका लागि काठमाडौँ जाने यात्रु बढी प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)