मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगञ्ज महानगरपालिकाको बजेट ४ अर्ब ४२ करोड

shilapatra.com · Wed Jun 24 13:35:00 GMT 2026

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४२ करोड ३४ लाख रुपैयाँबराबरको अनुमानित बजेट ल्याएको छ । कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको तर्फबाट नगरपालिका सदस्य जगत साहले बुधबार आगामी आर्थिक वर्षको बजेट ल्याएका हुन् ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख रुपैयाँबराबरको बजेट ल्याएको महानगरले आगामी आर्थिक वर्षका लागि बजेट बढाएको हो ।

महानगरले चालु खर्चमा दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार अर्थात् ५४.३ प्रतिशत, पुँजीगत खर्चमा १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार अर्थात् ४४.६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ५ करोड अर्थात् १.१ प्रतिशत बजेट विनियोजन गरेको छ ।

खर्च व्यहोर्ने स्रोतमा संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजश्वबाट १ अर्ब ४८ करोड, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार, घरजग्गा रजिस्ट्रेसन शुल्कबापत ४५ करोड र गत वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार तथा नगर विकास कोषबाट १५ करोड व्यहोरिने महानगरले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३

१९:२०

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)