भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
corporatenepal.com · Wed Sep 16 12:49:20 GMT 2026

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेलका कर्मचारीले सामूहिकरूपमा रु ३३ लाख ५० हजार सहयोग गरेका छन् ।
कर्मचारीका तर्फबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रसिद आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेलाई हस्तान्तरण गरिएको हो । एनसेल आजियाटा लिमिटेडका चिफ रेगुलेटरी एन्ड कर्पोरेट सर्भिसेज अफिसर डिल्लीराम श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)