मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

barnanmedia.com · Wed Aug 06 22:00:28 GMT 2025

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन अन्त्य गर्न कर्णाली प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

अधिवेशन अन्त्यका लागि मुख्यमन्त्री कार्यालयबाट प्राप्त सिफारिसअनुसार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा, १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चालु छैटौँ अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)