चलचित्र ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुने
kendrabindu.com · Wed Jun 24 13:47:53 GMT 2026

काठमाडौं । चलचित्र ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुँदा यो सिनेमामा योङ एन्ड इनरजेटिक जोडी दर्शकमाझ प्रस्तुत हुनेछ । निर्देशक कपिल रिजालले यो चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कालाई अनस्क्रिन जोडी बाँधिदिएका छन् ।
अरुण र सिम्रन श्रीमान् र श्रीमतीको भूमिकामा छन् । यी दुवै कलाकार दर्शकको मनमा बसिसकेका कलाकार हुन् । ‘महापुरुष’लगायत चलचित्रबाट अरुणले दर्शकको मन जितेका थिए । सिम्रनले ‘प्रेमगन्ज’, ‘चित्रा’ र ‘बेहुली फ्रम मेघौली’ लगायत चलचित्रबाट आफूलाई अब्बल दर्जाको कलाकारका रुपमा प्रमाणित गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)