बीबीसीका पूर्वपत्रकार नेत्र केसी रास्वपाको चुनावी मैदानमा, कर्णाली भूगोलबाट सदस्यमा उम्मेदवारी
shilapatra.com · Wed Jun 24 13:46:40 GMT 2026

बीबीसी नेपाली सेवामा दुई दशक बिताएका पत्रकार नेत्र केसीले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । दैलेखका केसी भूगोलअन्तर्गत कर्णाली प्रदेशबाट उम्मेदवार बनेका हुन् ।
उनले नेपालको माओवादी द्वन्द्व, राजा ज्ञानेन्द्रको कू, शान्ति प्रकिया र संविधान लेखनसहितका पछिल्ला घटनाक्रममा नेपालगञ्ज र काठमाडौंसहित देशका विभिन्न ठाउँबाट गरेका रिपोर्टिङ धेरैले सम्झन्छन् ।
नयाँ परिवेशमा रास्वपाको सङ्गठन विस्तार र तल्लो तहसम्मै परिवर्तनको आभाष गराउन आफू पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेको केसी बताउँछन्।
‘उहिले मैले आफ्नो जीवनलाई पूर्ण निष्ठासाथ पत्रकारितामा समर्पित गरेको थिएँ, त्यस्तै पवित्र निष्ठा अब म राजनीतिमा लगाउँदै छु,’ केसी भन्छन्, ‘कुनै लोभ, मोह र अपेक्षाभन्दा माथि उठेर अपार जनविश्वास पाएको रास्वपाका कामलाई संस्थागत गर्न लाग्नेछु ।’
केसीले थप भने, ‘इतिहासले दिएको यस दुर्लभ अवसरलाई गाउँमै रहेर मलजल गर्नु मेरो एक मात्र उद्देश्य छ ।’
प्रकाशित मिति: बुधबार, असार १०, २०८३
१९:३१
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)