डढेलो निभाउने सरकार नै आगोको भुङ्ग्रोमा
Ujyaaloonline.com · Sun May 05 23:08:03 UTC 2024

डढेलोले वन र धन त सखापै बनायो, जनको पनि ज्यान लियो । ज्यान जानेहरू त गैगए, बाँचेकाहरू पनि खाने चिज र बस्ने ठाउँ नभएर मरेतुल्य नै भए । छरछिमेक, वरपर सबैको हालत उस्तै छ, हारगुहार कसलाई गर्नु ? सरकार छ भन्ने सुनिन्छ तर देखिँदैन । एकपटक सरकारलाई आफैँले हेरेर बिन्ती बिसाउनु पर्याे भन्दै आगलागी पीडित आगो निभाउने मान्छे खोज्न हिँडे ।
बाटोमा पर्ने वनजङ्गलमा पनि सबैतिर डढेलो । आगलागीले खण्डहर बनेका घरहरू उत्तिकै । बल्लतल्ल सरकार बस्ने ठाउँमा पुगियो । तर सरकार कुन चाहिँ हो छुट्याउनै मुश्किल । एउटा पार्टीको सरकार भए पो यही हो भन्न हुन्थ्यो । पाँच/पाँच वटा पार्टी मिलेर बनेको सरकार छ । आगो निभाउने सरकार चाहिँ कुन हो त ? अहिले सरकारमा नभएका तर बेलाबखत सत्ताको स्वाद चाख्न पल्किएकाहरूसँग पनि आगो निभाउने बल त हुनुपर्ने हो । भेट्न त तिनीहरूलाई पनि पर्छ । पहिले चाहिँ सरकारलाई नै भेट्नु पर्याे । भेट्नुभन्दा पहिले एक–एक गरेर उनीहरूको अवस्था बुझ्नु पर्याे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)