मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाण्डाै महानगरकाे सीप मेलाका लागि १३ हजारभन्दा धेरैकाे आवेदन

Ujyaaloonline.com · Sun May 05 23:07:22 UTC 2024

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले गएको १९ गतेदेखि शुरु गरेको ‘सीप मेला २०८१’ का लागि १३ हजार जनाभन्दा धेरैले आवेदन दिएका छन् । दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित महानगरले मेला शुरु गरेकामा १३ हजार जनाभन्दा धेरैले आवेदन दिएका हुन् ।

काठमाण्डौ महानगरको सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार आवेदन (फाराम) भर्ने सबै जनालाई तालिम दिने तयारी छ । यही वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइने उहाँले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)