पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखमा 'ड्रिलिङ'
Ujyaaloonline.com · Sun May 05 23:07:05 UTC 2024

दैलेख – दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि आजदेखि 'ड्रिलिङ' को काम शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्ट इन्चार्ज डा. याङ्ग पिङ्गले आज उत्खनन स्थलमा नेपाल र चीनको राष्ट्रिय झण्डोत्ताेलन गरेर 'ड्रिलिङ' कार्य शुभारम्भ गर्नुभएको हो ।
नेपाल सरकार र चीन सरकारबीच सन् २०१६ मा भएको सम्झौताअनुसार अन्वोषणका लागि 'ड्रिलिङ' शुरु भएको हो । यसअघि दैलेखका चार वटा ठाउँमा विभिन्न चरणमा गरिएका भौगर्भिक 'सर्भे' बाट पेट्रोलियम पदार्थ बढी भण्डारण पाइएको र उत्खननमा सहज हुने निष्कर्षसहित भैरवी गाउँपालिका–१ जलजलेमा 'ड्रिलिङ' शुरु गरेको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)