ताकम र शिवाङमा सडक कालोपत्र
ratopati.com · Wed Jun 24 13:55:12 GMT 2026

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र गरिएको छ ।
पूर्वाधार विकास कार्यालय, म्याग्दीमार्फत सञ्चालित दरवाङ–मुना–ढोरपाटन सडक योजनामार्फत ताकम र शिवाङको बस्तिभित्र कालोपत्र गरेर धुलो र हिलोमुक्त बनाइएको हो । ताकम र शिवाङमा ९०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर महेन्द्र बानियाँले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)