अशक्तलाई घरमै नागरिकता
ratopati.com · Wed Jun 24 13:52:16 GMT 2026

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता उपलब्ध गराउन थालेको छ। यस क्रममा जन्मजात पूर्णरूपमा अपाङ्गता भएकी पाँचखाल नगरपालिका–४ की विनिता बोलखेलाई सोमबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ।
शारीरिक अवस्थाका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न असहज हुने भएकाले प्रशासनले विशेष व्यवस्था गर्दै घरमै सेवा उपलब्ध गराएको प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । उनीलगायतको टोलीले आवश्यक प्रक्रिया पुर्याई विनितालाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)