मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नस्ल सुधारका लागि नौ हजार पशुमा कृत्रिम गर्भाधान

barnanmedia.com · Wed Aug 06 22:13:03 GMT 2025

तनहुँमा एक वर्षमा नौ हजार ५०० भन्दा बढी पशुको कृत्रिम गर्भाधान गरिएको छ । जिल्लामा रहेका १० वटा कृत्रिम गर्भाधान केन्द्रबाट आर्थिक वर्ष २०८१÷८२ मा नौ हजार ५५२ पशुको कृत्रिम गर्भाधान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।

पछिल्लो केही वर्षयता जिल्लामा कृत्रिम गर्भाधानप्रति कृषकको आकर्षण बढ्दो छ । आर्थिक वर्ष २०८०÷८१ मा आठ हजार ११३ र आर्थिक वर्ष २०७९÷८० मा सात हजार ९१६ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)