मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मर्जरमा जाने लघुवित्तलाई राष्ट्र बैंकले दियो सुविधा, यस्तो छ नयाँ निर्देशन

corporatenepal.com · Wed Jun 24 13:54:30 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि मर्जर तथा प्राप्ति (मर्जर एक्विजिसन) पछिको कारोबार सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले आज इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै नयाँ निर्देशन जारी गरेको हो ।

Advertisement

‘ थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा मात्र कार्य गर्नुपर्नेछ । तर, थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेको मितिले ५ वर्षसम्म थोक कर्जाको कारोबार गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन ।’, राष्ट्र बैंकको नयाँ निर्देशनमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय