रवि लामिछानेको सपना साकार पार्न उम्मेदवारी दिएको हुँ -यज्ञमणि न्यौपाने
kendrabindu.com · Wed Jun 24 14:02:08 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले पार्टी सभापति रवि लामिछानेमाथि अन्याय र प्रतिशोधपूर्ण व्यवहार भएको दाबी गर्दै आफूले उनको सपना साकार पार्न नेतृत्वमा उम्मेदवारी दिएको बताएका छन्।
बुधबार रास्वपाको महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले न्यायाधीश बन्ने आफ्नो चाहना रहे पनि समय, परिस्थिति र नियतिले राजनीतिमा ल्याएको बताए। उनले अब पुराना दलहरूले गरेका कमजोरी सच्याउँदै देशको भविष्य परिवर्तन गर्ने जिम्मेवारी रास्वपामाथि आएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)