महासंघको महानिर्देशकमा तिवारीको पुनरागमन
corporatenepal.com · Wed Sep 16 13:09:59 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा गोपाल तिवारी नियुक्त भएका छन् । अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ तिवारीलाई महानिर्देशक नियुक्त गरिएको हो । उनी यसअघि पनि महासंघको महानिर्देशक भइसकेका व्यक्ति हुन् ।
महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले सचिवालयमा बुधबार तिवारीलाई असोज १ देखि लागु हुने गरी नियुक्तिपत्र दिए । श्रेष्ठले तिवारीको बहुपक्षीय विश्वसनीयता, प्राज्ञिक दक्षता र निजी क्षेत्रको वकालत सम्बन्धी व्यावहारिक अनुभव एक महत्त्वपूर्ण मोडमा महासंघमा जोडिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)