इजरायलमा दश नेपालीको मृत्यु भएकामा भारतद्वारा दुःख व्यक्त
ratopati.com · Mon Oct 09 23:03:00 GMT 2023
काठमाडौँ । भारतले इजरायलमा दश जना नेपाली विद्यार्थीको आतङ्कवादी हमलामा मृत्यु भएकामा दुःख व्यक्त गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले साेमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएर दुःख व्यक्त गरेका हुन् ।
सन्देशमा राजदूत श्रीवास्तवले हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)