धार्मिक ऐतिहासिकस्थल जगन्नाथ मन्दिरमा रथयात्रा
barnanmedia.com · Wed Aug 06 22:15:48 GMT 2025

म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरमा बुधबार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिका अवसर पारेर जगन्नाथ मन्दिरमा रहेका भगवान् जगन्नाथको मूर्तिलाई रथयात्रामार्फत सार्वजनिक गरी भक्तजनका लागि प्रत्यक्ष रुपमा अवलोकन र दर्शन गराइएको हो ।
तत्कालीन बाइसे चौबिसे राज्यको पालामा राजा दिलीपबम मल्लले गजन्नाथ मन्दिर बनाएर भगवान् जगन्नाथको प्राणप्रतिष्ठा गरेपछि हरेक वर्ष सरकारी भोज र भगवान्को मूर्तिको साफा परिवर्तन गर्ने चलन सुरु गरेको इतिहास रहेको जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिनुभयो । “जगन्नाथ भगवान्को मूर्ति श्रावण शुक्लपक्ष द्वादशी तिथिका दिनमा मात्रै रथयात्रा गरी सार्वजनिक गर्ने प्रचलन रहेको छ, एक दिनमात्रै भगवान्को मूर्तिलाई प्रत्यक्ष अवलोकन गर्न पाइने भएकाले यस दिन भक्तजनको भीडभाड हुने गर्छ”, उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)