मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माछा मार्ने क्रममा फेवातालमा डुबेर एक जनाको मृत्यु

ratopati.com · Wed Jun 24 14:04:53 GMT 2026

पोखरा । पोखराको फेवातालमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । माछा मार्ने क्रममा बेपत्ता भएका उनको मृत्यु भएको हो।

पोखरा १८ खपौंदीमा पोखरा ९ नयाँ बजारका ३४ वर्षीय शंकर नेपाली डुबेका थिए । उनी तालमा डुबेको खबर पाउने बित्तिकै सशस्त्र प्रहरी बलको नम्बर २४ गण कालिका कास्की मातहत फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले तत्कालै खोजी कार्य सुरु गरेको हो।

बुधबार टोलीले तालको करिब २० फिट गहिराइबाट नेपालीलाई अचेत अवस्थामा फेला पारी बाहिर निकालेको जनाएको छ। उनलाई तत्कालै उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)