मकवानपुरका चार पालिकाको बजेट तीन अर्ब १६ करोड, सामाजिक विकाससँगै पूर्वाधारमा जोड
gorkhapatraonline.com · Wed Jun 24 14:10:11 GMT 2026

मकवानपुरका चारवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक विकाससँगै पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन्। बकैया, मनहरी, कैलाश र मकवानपुरगढी गाउँपालिकाले बुधबार बसेको आ–आफ्नो गाउँसभामा आगामी वर्षको अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन्। चारवटा गाउँपालिकाको गरी आगामी आर्थिक वर्षका लागि कुल तीन अर्ब १६ करोड ६७ लाख ९९ हजार १२० रुपियाँ बराबरको बजेट रहेको छ।
कैलाश गाउँपालिकाको बुधबार बसेको १८ औँ गाउँसभामा उपाध्यक्ष बालकुमार मल्लले ५५ करोड ८४ लाख ६९ हजार रुपियाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभयो। आगामी आर्थिक वर्षको बजेट खर्च बेहोर्ने स्रोतमा सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदान, ससर्त, समपूरक र विशेष अनुदान तथा राजस्व बाँडफाँटबाट ४२ करोड ७६ लाख ९१ हजार रुपियाँ प्राप्त हुने अनुमान छ। यस्तै प्रदेश सरकारको विभिन्न अनुदान र राजस्व बाँडफाँटबाट नौ करोड ४७ लाख २१ हजार ९१० रुपियाँ र गाउँपालिकाको विभिन्न शीर्षकबाट तीन करोड ६० लाख ५६ हजार ९० रुपियाँ प्राप्त हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
बागमती प्रदेश