बाढी प्रभावितका लागि काठमाडौं विश्वविद्यालयद्वारा ८५ लाख रुपैयाँ सहयोग
onlinekhabar.com · Wed Sep 16 13:21:25 GMT 2026

३१ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि काठमाडौं विश्वविद्यालयले ८५ लाख सहयोग रकम उपलब्ध गराएको छ । विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८५ लाख रुपैयाँ सहयोग गरेको हो ।
विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार उक्त रकम काठमाडौं विश्वविद्यालयको तर्फबाट एकेडेमिया–इन्डस्ट्री कोअपरेसन विभागका प्रमुख लक्ष्मण लामाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)