नेपालको सफलतासँगै अमेरिकामा पुग्दै ‘बेहुली’, शुक्रवारदेखि २३ राज्यका विभिन्न सहरमा रिलिज हुने
kendrabindu.com · Wed Sep 16 13:31:07 GMT 2026

काठमाडौं । नेपालमा सफलताका साथ प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘बेहुली’ अब अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ। चलचित्रको अमेरिका प्रदर्शन यही शुक्रवार अर्थात् सेप्टेम्बर १८ देखि सुरु हुने भएको हो। चलचित्रलाई ‘सेभेज सिज इन्टरनेशनल फिल्म्स’ले अमेरिकामा रिलिज गर्न लागेको हो।
चलचित्रको अमेरिका प्रदर्शनसम्बन्धी सार्वजनिक जानकारी अनुसार ‘बेहुली’ अमेरिकाका २३ वटा राज्यमा रहेका विभिन्न चलचित्र हलमा प्रदर्शन हुनेछ। चलचित्र टेक्सास, एरिजोना, केन्टकी, मेरिल्यान्ड, कोलोराडो, मिसौरी, नेब्रास्का, ओहायो, इलिनोइस, नेभाडा, न्यूयोर्क, नर्थ क्यारोलाइना, नर्थ डकोटा, ओरेगन, पेन्सिलभेनिया, साउथ डकोटा, युटा, क्यालिफोर्निया, आयोवा, विस्कन्सिन, अलास्का, म्यासाचुसेट्स र न्यु ह्याम्पसायरमा प्रदर्शनमा आउनेछ। अमेरिकाका विभिन्न राज्यमा रहेका सिनेमार्क, मार्कस, हार्किन्स, एप्पल सिनेमाजलगायतका चलचित्र हलमा ‘बेहुली’का प्रदर्शन तय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)