इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने
barnanmedia.com · Wed Sep 16 13:22:12 GMT 2026

इन्द्रजात्राका लागि इन्द्रध्वजोत्थान गर्न भक्तपुरको नाला सामुदायिक वनबाट ल्याइएको इन्द्रध्वजको प्रतीक भोटाहिटी ल्याइएको छ । प्रत्येक वर्ष भाद्रपद शुक्ल द्वितीयाका दिन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा वन यात्रा सुरु गरी लिङ्गोको लागि रुख काट्न वनमा जाने परम्परा रहेको छ ।
त्यसअनुसार भदौ २८ गते आइतबार बिहान ९ः५३ को साइतमा गएको टोलीले नाला सामुदायिक वनबाट सल्लाको रुख काटेर भोटाहिटीमा ल्याइएको हो । वनमा पुगेर तरबार र खड्ग एवं रुखको पनि पूजा गरी समितिले नै दिएको साइतअनुसार भदौ २८ गते आइतबार रातिको ८ः४७ बजे रुख काटेर ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)