गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत
khabarhub.com · Sat Jun 27 16:41:26 GMT 2026

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । महिला क्रिकेटको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा तथा प्रदेश खेलकुद परिषद्को सहकार्यमा प्रतियोगिता भएको हो । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा स्याङ्जाले नवलपुरलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गर्न सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
टी-२० विश्वकप