मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अख्तियारद्वारा कार्यालय सहयोगी पौडेलविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

deshsanchar.com · Wed Aug 06 22:44:29 GMT 2025

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीका कार्यालय सहयोगी दीपक पौडेलविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गेको छ ।

निज कार्यालय सहयोगी (करार) पौडेलले सवारीचालक अनुमतिपत्रको ‘अनलाइन’ फाराम भरी दिने, लिखित परीक्षामा उत्तीर्ण गराई ‘ट्रायल’ परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घूसबापत रकम माग गरेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग रु सात हजार घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)