दाङको राप्ती गाउँपालिकाले ल्यायो ७५ करोडको बजेट
nepalpress.com · Wed Jun 24 14:27:10 GMT 2026

देउखुरी । लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको दोस्रो गाउँसभाको नवौँ अधिवेशनमा उपाध्यक्ष कमलापति चौधरीले उक्त बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटअनुसार चालू खर्चतर्फ ५५ करोड ३५ लाख १० हजार रुपैयाँ तथा पुँजीगत खर्चतर्फ १९ करोड ६९ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेटले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)