सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा तातो हावा चल्ने
barnanmedia.com · Wed Jun 24 14:20:07 GMT 2026

तराईमा तापक्रम निरन्तर बढ्दै जाँदा जनजीवन कष्टकर बन्ने अवस्था सिर्जना भएको छ।
विगत केही दिनदेखि तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरको छ।
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिइन्।
बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउनु पर्ने उनको भनाई छ।
आगामी दिनमा धनगढीमा अधिकतम तापत्रमक्रम ४० डिग्री सेल्सियस र नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने विभागले पूर्वानुमान गरेको छ।
वीरेन्द्रनगर र घोराहीको तापक्रम पनि बढ्ने पोखरेलले बताइन्।
ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
मौसम