१५ वर्षीय वैभव सूर्यवंशीले जिते ‘ओरेन्ज क्याप’, सिजनभर बनाए ७७६ रन
ratopati.com · Sun May 31 18:57:01 GMT 2026

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सका १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले ‘ओरेन्ज क्याप’ जितेका छन् । प्रतियोगिताभर सानदार ब्याटिङ गर्दै उनी यस सिजनको सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् ।
वैभवले यस सिजनका कुल १६ खेलमा ४८.५० को औसतले ७७६ रन बनाएका छन् । विशेष गरी उनको २३७.३० को विष्फोटक स्ट्राइक रेटले सबैको ध्यान खिचेको छ । यस क्रममा उनले १ शतक र ५ अर्धशतक प्रहार गरे भने उनको उच्च स्कोर १०३ रन रह्यो । उनले सिजनभर ६३ चौका र ७२ छक्का समेत प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)