सर्पले डसेर एक जना पुरुषको मृत्यु
annapurnapost.com · Wed Jun 24 14:33:16 GMT 2026

विराटनगर : मोरङको रंगेलीमा सर्पले डसेर बुधबार अपरान्ह एक जना पुरुषको मृत्यु भएको छ।
रंगेली नगरपालिका-८ दर्वेशाका अन्दाजी ५५ वर्षीय झमलाल ताजपुरियाको मृत्यु भएको प्रहरीले जनाएको छ। घरको सरसफाइ गर्ने क्रममा अपरान्ह ४:४५ बजेतिर उनको दाहिने खुट्टामा सर्पले टोकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सर्पले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ। ताजपुरियालाई कुन प्रजातिको सर्पले टोकेको हो भनेर यकिन हुन बाँकी छ।
चिकित्सकले सर्पको डसाइबाटै उनको मृत्यु भएको जानकारी प्रहरीलाई दिएका छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)