धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित
canadanepal.com · Wed Jun 24 14:37:46 GMT 2026

म्याग्दी-म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु. ४८ करोड ५२ लाख तीन हजारको बजेट पारित गरेको छ ।
गाउँपालिकाको केन्द्र मुनामा आज सम्पन्न २६ औँ गाउँ सभामा उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको बजेट सभाले पारित गरेको हो । बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगारीलाई समृद्ध धौलागिरि निर्माणको आधारका रूपमा अघि सारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)