रुस–युक्रेन युद्धमा फसेका नेपाली
ekantipur.com · Sun May 05 23:57:11 UTC 2024
रुसी सेनामा भएका नेपालीका आफन्त अनशन बसेको समाचार देखेपछि केही लेख्न मन लाग्यो । रुसी सेनामा भर्ती भएका नेपालीलाई उद्धार गरी फर्काउन माग राखेर आफन्त काठमाडौंमा अनशन बसेका रहेछन् । रुसी सेनामा लागेका युवाको सम्झौता रद्द गरी नेपाल फर्काउनुपर्ने, घाइते तथा मृत्यु भएका सेनाका परिवारलाई राहत दिलाउनुपर्ने, शवलाई नेपाल ल्याइदिनुपर्ने, बेपत्ता भएकाको खोजी गरिदिनुपर्ने माग आफन्तको छ ।
रुसी सेनामा भर्ती भएका नेपालीको तथ्यांक प्रकाशन गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन् । आफन्तलाई रुसी सेनामा पठाउने बिचौलियाको पहिचान गरी तत्काल कारबाही गर्नुपर्ने, रुसबाट फर्केर आएकालाई पुनःस्थापना जस्ता विषय पनि उनीहरूले अघि सारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)