इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने
canadanepal.com · Wed Sep 16 13:57:52 GMT 2026

काठमाडौँ - इन्द्रजात्राका लागि इन्द्रध्वजोत्थान गर्न भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित नाला सामुदायिक वनबाट ल्याइएको इन्द्रध्वजको प्रतीक भोटाहिटीमा राखिएको छ ।
प्रत्येक वर्ष भाद्रपद शुक्ल द्वितीयाका दिन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तोकेको साइतअनुसार वन यात्रा गरी इन्द्रजात्राको लिंगोका लागि रुख काट्ने परम्परा छ । सोही परम्पराअनुसार २८ भदौ आइतबार बिहान ९ः५३ बजे वनतर्फ गएको टोलीले नाला सामुदायिक वनबाट सल्लाको रुख काटेर भोटाहिटी ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)