तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल
nepalnews.com · Wed Sep 16 14:02:43 GMT 2026

काठमाडौं। जिल्लाको एक मात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै हवाई उडान हुन सकेको छैन । उडान अवरुद्ध हुँदा जेठ महिनाको तेस्रो सातादेखि हालसम्म विमानस्थल सुनसान बनेको छ भने हवाई सेवा ठप्प छ ।
प्रतिकूल मौसमको कारण देखाउँदै पटक–पटक उडान रद्द भएपछि यात्रुलाई सडक मार्गबाहेक अर्काे भरपर्दाे विकल्प हुन सकेको पाइन्न । वर्षायाममा प्रायः बाक्लो कुहिरो लाग्ने भएकाले उडान नियमित गर्न समस्या परेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । हवाई सेवा अवरुद्ध हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामका लागि राजधानी आवतजावत गर्ने यात्रु बढी समस्यामा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)