मक्कामाथि आक्रमण प्रयास भएपछि साउदी अरबले भन्याे- याे ‘रेड लाइन’ हाे
barnanmedia.com · Wed Sep 16 13:52:45 GMT 2026

साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा पवित्र सहर मक्कामाथि आक्रमणको प्रयास गरेको आरोप लगाउँदै त्यसलाई ‘रेड लाइन’ अर्थात् अतिक्रमण गर्न नहुने सीमा भनेको छ । हुथीहरूले भने मक्कातर्फ ड्रोन प्रहार गरेको आरोप अस्वीकार गरेका छन् ।
साउदी नेतृत्वको सैन्य गठबन्धनका अनुसार मक्काको आकाशमा प्रवेश गर्नुअघि नै ड्रोनलाई रोकेर नष्ट गरिएको थियो । गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल–मालिकीले सन् २०१७ मा हुथीहरूले मक्कातर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि यो दोस्रो आक्रमण प्रयास भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)