मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेसीबारे प्रश्नमा रोनाल्डोको जवाफः मलाई कुनै वास्ता छैन

ratopati.com · Wed Jun 24 14:54:26 GMT 2026

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले विश्वकपमा ह्याट्रिक गर्दै अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको भोलिपल्ट पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले भने आफूलाई मेस्सीको कुनै वास्ता नरहेको बताएका छन् ।

उज्बेकिस्तानविरुद्ध ५–० को जितपछि पत्रकारहरूले मेस्सीको प्रदर्शनबारे सोध्दा रोनाल्डोले छोटो प्रतिक्रिया दिँदै भने, 'मलाई मेस्सीको कुनै वास्ता छैन ।' यद्यपि उनले व्यक्तिगत प्रतिस्पर्धाभन्दा टोलीको सफलतालाई बढी महत्त्वपूर्ण रहेको स्पष्ट पारे ।

उक्त खेलमा दुई गोल गरेका ४१ वर्षीय रोनाल्डो विश्वकप इतिहासमा छ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । साथै उनले आलोचनाको जवाफ मैदानमै दिएका छन् । यसअघि डेमोक्रेटिक रिपब्लिक अफ कंगोसँगको निराशाजनक बराबरीपछि पोर्चुगल र रोनाल्डो दुवैको चर्को आलोचना भइरहेको थियो ।

खेलपछि रोनाल्डोले पछिल्लो सातालाई ‘कठिन र अँध्यारो’ समयको संज्ञा दिँदै आफू र टोलीले अपेक्षित जवाफ दिन सफल भएको बताए । 'जब खेल राम्रो हुँदैन, मानिसहरू ‘रोनाल्डो सकियो’, ‘ऊ बूढो भयो’ भन्न थाल्छन्। तर आज हामीले मैदानमै जवाफ दिएका छौँ,' उनले भने ।

पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले भने मेस्सी र रोनाल्डो दुवैले फुटबल इतिहासमा विशेष स्थान बनाएको उल्लेख गर्दै उनीहरूको प्रतिस्पर्धाले खेललाई अझ समृद्ध बनाएको बताए ।

द गार्डियनबाट

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)